मेलम्चीको पानी काठमाडौँ पठाउन आवश्यक काम सुरु


यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शेरबहादुर तामाङले मेलम्ची खानेपानीको लेबी जुनसुकै हालतमा सिन्धुपाल्चोकवासीले पाउनुपर्ने बताउनुभएको छ । आफू सरकार र सदनमा हुँदा लेबीको विषयमा खरो रूपमा लागेको बताउनुहुँदै उहाँले सबै प्रक्रिया पूरा गरेर फाइल खानेपानी मन्त्रालयमा अड्केको बताउनुभयो ।

रेडियोको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले खानेपानी मन्त्रालयमा भएको फाइलमा धुलो लागेको छ भने धुलो टकटक्याएर भए पनि फाइल अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो । गठबन्धनको सरकार बनेपछि फाइल अड्केको बताउनुहुँदै उहाँले गठबन्धनलाई मेलम्चीवासीको पीडा बोध नभएको आरोप लगाउनुभयो ।  ‘मेलम्चीको पीडा बोकेको मान्य त सरकारमा भएन । अरूलाई मेलम्चीको पीडाले पालेन । र,त्यो फाइल अगाडी बढेको छैन । अब मैले जितेपछि धुलोमा छ कि कहाँ छ टकटक्याएर भए पनि खोजेर लडेर क्याबिनेटमा पुर्‍याएर यो क्षेत्रको जनताले लेबी प्राप्त गर्ने कुराको सुनिश्चितता गर्छु’, उहाँले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?