झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी


झापा, ८ मङ्सिर :  झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ । नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटाैलालाई पराजित गर्दै लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै सिटाैलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नु भएकाे छ । लगातार लिङ्देनले दुई पटक सिटाैलालाई हराउनु भएकाे हाे । २०७४ मा पनि लिङ्देनले सिटाैलालाई पराजित गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?