योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ ; अध्यक्ष ओली


काठमाडौँ, (रासस)  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपालमा विस्तार योग विलिन भएर गएको भन्दै योगमा फेरि जागरण आएको र उत्थान गरेर अगाडि लैजान आवश्यक रहेको बताउनुभयो । नेपालको अहिलेको स्थितिलाई परिवर्तन गर्नका लागि सङ्कल्प, तपस्या र ध्यान आवश्यक रहेको बताउनुभयो । “बिना सङ्कल्प, बिना तपसया, बिना ध्यान मुलुकलाई परिवर्तन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सङ्कल्प, ध्यान र तपसया गरेपछि विचार आउँछ र सोही विचारले मुलुकलाई परिवर्तन गर्नुपर्दछ ।” अध्यक्ष ओलीले योगको विकास नेपालमा भएकाले योगको भूमि नेपाल रहेको बताउनुभयो । उहाँले योग जीवन स्वास्थ्यका लागि आवश्यक रहेको भन्दै योगको सैद्धान्तिक र व्यावहारिक पक्षको पनि अभ्यास गर्न आग्रह गर्नुभयो ।

मानव जीवनलाई सुखी बनाउने कुरामा गौतम बुद्ध, जैन, ऋषिमुनिले चिन्तन गर्दै गएको र अन्त्यमा पतञ्जलिले योगलाई अगाडि सार्ने काम गरेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले शिष्य, गुरु बनाउने तथा शिक्षा र ज्ञानको प्रारम्भ योगबाट नै भएको बताउनुभयो । उहाँले पुराना मन्दिरमा पनि योग देखिने गरेको बताउनुभयो । “योग दर्शनमा महिलालाई सर्वव्यापी भनेको छ । पुरुषचाँहि स्थिर भनेको छ । योगमा महिलाको स्थान र महत्त्वलाई धेरै माथि राखिएको छ”, उहाँले भन्नुभयो । उहाँले स्वस्थ हुनका लागि उपयुक्त आसन रप्रायाणममा अभ्यास गर्नुपर्ने बताउनुभयो । योगले जता तान्छ त्यतैतिर जानुपर्दछ भन्दै आचरण एकातिर योग अर्कोतिर गर्न नहुने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?