काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन


काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो ।

निरीक्षण अधिकृत डा। अवधेश झाका अनुसार महानगरमा बिक्री हुने पानीको गुणस्तरमा शंका देखिएको छ । महानगरले आइतबार वडा नं ३२ को जडीवुटीमा पानीको जार लिएर आउँदै गरेको गाडीको अनुगमन गरेको थियो ।

 

‘यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन्, भएकामध्ये आधामा लेवल राखिएको थियो, आधामा थिएन । कुच्चिएर चुहिने भएकार फुटेका जार पनि सराबरी थिए । पानीको बिल र चलानी कसैसँग पनि थिएन’, डा। झाले भने ।

चालक तथा सहयोगीसँग जारमा देखिएको समस्याका विषयमा प्रश्न गर्दा आफूहरुलाई थाहा नभएको भन्दै साहुलाई सोध्नुपर्ने जवाफ दिएका थिए । महानगरका अनुसार कागेश्वरी मनोहरा क्षेत्रमा भएका १ दर्जन बढी उद्योगको काठमाडौं महानगरपालिकाभित्र पानी बिक्री गर्दै आइरहेका छन् ।

यसअघि महानगरले चाबहिल क्षेत्रमा पनि अनुगमन गरेको थियो । ‘वितरण प्रणालीबाट आएको पानीमा विश्वास नगरेर उपभोक्ता जारको पानीमा निर्भर छन् तर पैसा तिरे पनि सोचेको जस्तो गुणस्तरको पानी पाउन सकेका छैनन् । उपभोक्ताले पनि पानीको शुद्धता यकिन गर्न जाँगर चलाएको देखिँदैन’, झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?