भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् ।

अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।

 

संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान गरेको छ ।

अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन् ।

संघले मंगलबार तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको हो । संघले २४ खेलाडीका लागि तलब दिने छ ।

नेपाल भलिबल संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ । खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । बुद्धीचालका पुरुष र महिलातर्फका नम्बर वान् खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?