सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच झण्डै आधा घण्टा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा विभिन्न विधेयक लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । त्यसक्रममा नेताहरुबीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?