भारतीय दूतावासद्वारा सम्भोता र भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी


 

(असन बजार पत्रिका ) काठमाडौँ, २९ भदौ स् भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता रभोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासङ्घका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्तरूपमा गर्नुभयो ।

सिक्किम भारतबाट आउनुभएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् । दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाउनुभएको थियो । राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गर्दै नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताउनुभयो । जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा शताब्दीयौँदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताउनुभयो । कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध सङ्घसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरूको उपस्थिति थियो । प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बरसम्म रहने बताइएको छ । भारतीय राजदूतावासले जनाएको एक बिज्ञप्तीमा भनिएको छ भाारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा सम्भोता÷भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गर्नुभयो ।


सिक्किम भारतबाट आउनुभएका क्यालिग्राफर श्री जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाउनुभयो। माननीय राज्यमन्त्रीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गर्नुभयो। वहाँले नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको बताउनुभयो। श्री जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । वहाँले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताउनुभयो।कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो। इच्छुक सबैका लागि यो प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बर २०२३ सम्म खुला रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?