ग्राण्डी अस्पतालद्धारा किशोरीलाई पाठेघरको मुखको क्यान्सरबारे सचेतना


काठमाडौं । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी इन्टरनेशनल अस्पतालले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरको बारेमा जनचेतना प्रदान गरेको छ ।

काठमाडौंका विभिन्न विद्यालयका कक्षा १० देखि १२ मा अध्ययनरत किशोरीहरूलाई अस्पतालका स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा पद्मराज पन्तले पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पार्नुभएको थियो ।

डा पन्तले महिलाहरुको पाठेघरको परिक्षण गर्दा १०० जनामा ५ जनामा पाठेघरको मुखको क्यान्सर देखिएकोले रोक्न र उपचार गर्नको लागि ग्राण्डी अस्पतालले विभिन्न स्कुल कलेज तथा स्थानीय निकायहरु संग समन्वय गर्दै जनचेतना अभिवृद्धि गर्ने कुरामा अघि बढ्ने बताउनुभयो ।

समयमै पाठेघरको मुखको क्यान्सर थाहा पाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथाम समेत गर्न सकिन्छ भन्ने जानकारी आबश्यक भएको बताउनु भयो । गाउँ देखि सहर सम्म जनचेतना जगाउनु आबश्यक रहेको र बिकसित देशमा भन्दा अल्पबिकसित देशमा यो रोग बढ्दै गएको डाक्टर पन्तको भनाई छ ।

उनले पाठेघरको क्यान्सर पत्ता लगाउन महगों नभएको र कम खर्चमा गर्न सकिने भएकोले मुख्य कुरा सबैलाई चेतना फैलाउनु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?