श्रीमतीसगको अन्तिम बिदाई !


===================
यदि तपाईंसँग असल श्रीमती छन् भने संसारमा सबै चिज छ । केही भौतिक बस्तुहरुको अभाव भए पनि सानका साथ शिर ठाडो पारेर जिउन सक्नुभएको छ । जीवनका सम्पुर्ण दुख सुखमा साथ र सहयोग पाउनु भएको छ । आफुले ठिक्क काम गरेर पनि अहोरात्र श्रीमतीबाट सेवा र सहयोग पाउनु भएको छ । श्रीमतीले त तपाईको रिस, आक्रोश, अहंकार समेत थामेकी हुन्छिन !
त्यसैले आफ्नो श्रीमतीलाई सधैं धन्यवाद दिनुहोस् !
तपाईं बिदाको दिन अबेरसम्म ओछ्यानमा सुत्नुहुन्छ तर यिनलाई कहिले बिदा हुदैन !
चिया लेउ, पानी लेउ, खाना लेउ …….
यो भएन र त्यो भएन.. !
उस्तै परे कहिले दिमाग आउँछ तेरो ?
जस्तो गाली गर्नुहुन्छ……!
अब यस परिस्थितिमा एउटा कल्पना गर्नुहोस् !
मानौ तपाईंको श्रीमतीको अचानक मृत्यु भयो !
=============================
घरमा रुवाबासिको आवाज आइरहेको छ । श्रीमतिलाई अन्तिम पटक हेर्नकालागि छिमेकी, तथा आफन्तहरुको घुइँचो लागिरहेको छ ….!
त्यससमय श्रीमतीको आत्माले जाँदा-जाँदै तपाईंको हितमा जे भनिरहेकी छन् त्यसको वर्णन पढौ !
१, म जाँदैछु अब कहिले नभेट्ने गरि जाँदैछु,
जुन दिन विवाहमा जन्ती लिएर आएका थियौ त्यो समय मण्डपमा सातफेरो लगाउने बेला सँगै जिउने कसम खाएका थियौ, तर मलाई के थाहा अचानक यसरी एक्लै जानुपर्छ भनेर !
– मलाई जान दिनुहोस् !
२, आफ्नो आगनमा तुलसाको मठ छेउमा आफ्नो शरीर छाडेर जाँदैछु । मलाई धेरै पीडा भैरहेको छ ।
तर म बाध्य छु, अब म जाँदैछु । मेरो मनले मानिरहेको छैन तर अब म केहि गर्न सक्दिन ।
– मलाई जान दिनुहोस् !
३, छोरा बुहारी रुँदै गरेका छन्, त्यहाँ हेर्नुस् !
म यो हेर्न सक्दिन र तिनीहरुलाई सान्त्वना दिन पनि सक्दिन । अबुझ नातिनातिना आमाआमा भन्दै छन, उनलाई पनि शान्त पार्नुहोस् !
तपाईं पनि मनलाई बलियो बनाउनुहोस्,
र एकदम एक्लै भए भनेर महसुस नगर्नुहोस् म गए पनि परिवार छन् तपाईंको साथमा …!
– मलाई जान दिनुहोस् !
४, एकछिन पछि छोरी आफ्नो घरबाट आइपुग्छे र मेरो मृत शरीर देखेर धेरै नै रुन्छे त्यसबेला उसलाई सम्हाल्नुहोस् र शान्त पार्नुहोस् र तपाईं पनि छोराछोरीको अगाडि न रुनुहोस् मनलाई बलियो पार्नुहोस् !
– मलाई जान दिनुहोस् !
५, जसको जन्म हुन्छ उसको मृत्यु निश्चित छ ।
जो पनि यस संसारमा आएका छन् उनीहरु यहाँबाट माथि गएका छन् । बिस्तारै-बिस्तारै मलाई बिर्सिदिनु, मलाई धेरै याद नगर्नु !
यस जीवनमा फ़ेरि आफ्नो कामलाई निरंतरता दिनु ।अब म बिना पनि जिउन सक्ने बानी बसाल्नु !
– मलाई जान दिनुहोस् !
६, तपाईंले कैयौंपटक मेरो राम्रो कुरा समेत सुन्नुभएन, अब आफ्नो जिद्दी त्याग्नुहोस, व्यबहारमा नम्र हुनुहोस् । म तपाइँलाई छाडेर एक्लै जानुपर्दा धेरै नै चिन्तित छु तर म बिबश छु !
– मलाई जान दिनुहोस् !
७, तपाइँलाई ब्लड प्रेसर र डायबिटिज छ ।
गल्तिले पनि खरो नबोल्नुहोस, न रिसाउनु होस् नत्र आफैलाई हानी पुर्याँउछ !
बिहान उठ्ने बित्तिकै औसधि खान नबिर्सनु !
यदि चिया खान ढिलो आयो भने बुहारीसँग नरिसाउनुहोस । अब यहाँ म हुन्न । कुरा बुझेर जिउने प्रयास गर्नुहोस् !
– अब मलाई जान दिनुहोस् !
८, छोरा, बुहारीले केहि भनी हालेमा,
चुपचाप सबै कुरा सुन्नु, कहिले नरिसाउनु, गाली नगर्नु, मौन बस्नु, हमेसा मुस्कुराई रहनु, कहिले दुखी नहुनु ! जीवन र जगत यस्तै रहेछ भनेर बुझेर बस्नुहोस् !
– मलाई जान दिनुहोस् !
९, आफ्नो नातिनातिना सँग खेल्नु,
आफ्नो साथीहरू सँग समय बिताउनु, टेलिभिजनमा धार्मिक सिरियल हेर्नू, पुस्तकहरु पढ्नु !
जीवनलाई सरल र संयम बनाउन कोशिश गर्नु !
मेरो याद आयोभने,
कुनामा कसैले थाहा नपाउने गरि रुँनु, यसले पनि मन हल्का बनाउछ । तर कहिल्यै कमजोर नहुनु !
– मलाई जान दिनुहोस् !
१०, मेरो गम्छा कहाँ छ, मेरो चाबी कहाँ छ, मोजा खोइ ! अब यसरी ठुलो स्वरमा न करानुहोस् ! सबैकुरा आफू सुत्ने वरिपरि राम्रोसँग ध्यान हुनेगरी राख्नुहोस र याद राख्ने बानी बसाल्नुहोस् !
बिहान र बेलुका नियमित रुपमा औसधि खानुहोस् !
यदि बुहारिले बिर्सिन भने आफैले याद गर्नुहोस् !
जे खाना आफ्नो भागमा आउँछ मीठो मानेर खानुहोस् नमिठो, चिसो- तातो, पिरो नुनिलो भनेर मसग झै नरिसाउनु होस् । मेरो अभाव खड्किने’छ तर कमजोर कहिले नहुनुहोस् !
– मलाई जान दिनुहोस् !
११, बुढेसकालको लौरो नबिर्सनु र बिस्तारै – बिस्तारै हिड्डुल गरिरहनु । यदि बिरामी भएर ओछ्यानमा थला परेमा कसैले पनि सेवा गर्नलाई मन गर्दैनन् ! सकेसम्म आफ्नो ख्याल आफै गर्नुहोस् !
– मलाई जान दिनुहोस्
१२, बेलुका ओछ्यानमा सुत्न जानू अगाडि एक अङ्खरा पानी माग्नु, तिर्खा लाग्ने बित्तिकै पानी पिउनु ।
यदि तपाइँलाई रातमा उठ्नु’पर्योभने, अँध्यारोमा ठेस नलागोस टर्च साथमा नै लिएर हिड्नु । आफ्नो ख्याल राख्नु !
– अब मलाई जान दिनुहोस्
१३, विवाह पछि हामी धेरै मायाले साथमा बस्यौं, घुम्यौ, रमाइलो गर्यौ । ती दिनहरु सम्झेर मन भुलाउनु । राम र सीता त छुट्टिनु परेको थियो भने हामी को हौ र ? यस्तै सोचेर …….
– मलाई जान दिनुहोस् !
१४, उठ्नुहोस् अब बिहान भैसक्यो, अब कसैले भन्दैनन । अब आफू आफैमा उठ्नलाई बानी बसाल्नुहोस् ! कसैको प्रतीक्षा नगर्नुहोस् ।
– मलाई जान दिनुहोस् !
१५, र ए हजुर….एउटा कुरा मैले लुकाएकी छु मलाई माफ गर्दिनु ।
तपाइँलाई नभनी बुबाको हुलाक अफिसमा बचत खाता खोलेर १५ लाख रुपैयाँ जम्मा गरेकी छु । मेरो हजुरआमाले सिकाउनुभाथ्यो, एक-एक रुपैयाँ सिक्का समेत जम्मा पारेर खातामा राखेकी छु । यसमा ५/५ लाख छोरी बुहारीलाई दिनु र बाकी ५ लाख आफू राख्नु तपाईंको लागि ….!
– मलाई जान दिनुहोस्
१६, भगवानको भक्ती र पुजा गर्न न बिर्सनुहोस् !
अब फ़ेरि कहिले भेट हुँदैन, मबाट केहि गल्ती भयोभने मलाई माफ गर्दिनु !
-मलाई जान दिनुहोस् !
-मलाई जान दिनुहोस् !
आदरणीय विद्वान साथीहरू,
यी कुरा पढ्दा त तपाईंको आशु आएको छ भने वास्तविक भएमा के होला ! कल्पना गर्न सक्नुहुन्छ !
त्यसैले फाट्टफुट्ट झैझगडा भए पनि,
आफ्नो जीवन साथीको सधैं ख्याल् गर्नुस् !
सकेसम्म बढी माया गर्नुहोस् ! रमाउनु होस् ! कमि कमजोरी भुल्नुहोस ! एकले अर्कोलाई क्षमा गर्नुहोस् ! ईख नलिनुहोस् ! बाचुन्जेल सगसगै जिउनुहोस् !
तपाईंको जोडीलाई सधै ईश्वरको कृपा मिलोस !
( । साभार : निलकण्ठ शर्माको फेसबुक ।

फोटोः गुगल

See less

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?