कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाको दिन ्शुभकामना तथा चियापान समारोह


काठमाण्डौ । ( असन बजार पत्रिका ) २०३३ सालमा जननायक बी।पी। कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आए अनुसार यो बर्ष पनि कातिक ११ गते शनिबार आयोजना गरिने जनाएको छ । नेपाली कांग्रेसले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिंदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा २०८० कात्र्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भबन बी।पी। नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको एक बिज्ञप्ती मार्फत जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकार मन्त्री परिषद्का सदस्यहरु, संबैधानिक निकायका प्रमुखहरु,सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुने भएको एक बिज्ञप्ती मार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?