चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन


बेइजिङ ( एजेन्सीहरु ) चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको शुक्रबार अचानक हृदयघातका कारण निधन भएको सरकार नियन्त्रित समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको १७, १८ र १९ औं केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्व प्रधानमन्त्री ६८ वर्षीय ली खछ्याङको शुक्रबार साङ्घाईमा निधन भएको हो ।चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको देशको दोस्रो सर्वोच्च नेताको पदबाट राजीनामा दिएको एक वर्ष नबित्दै हृदयाघातका कारण निधन भएको छ ।
एक पटक सम्भावित शीर्ष नेताको रूपमा देखिएका लीलाई जानाजानी नेतृत्वबाट टाढा राखिएको थियो ताकि जिनपिङलाई उनले पछाडि पार्न नसकुन । उनको राजनीतिक बृतबाट पछाडि परेपचि एकै समयमा, सीले आफुलाई चीनमा शक्तिशाली बनाएका छन ।धेरै टिप्पणीकारले भनेका छन् ली खछ्याङ आफ्नो देशको लागि योगदान गर्ने महत्वाकांक्षाका साथ कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए तर उनलाई त्यसबाट अगाडि बढन दिइएन । उनको निधनले देशको निजी क्षेत्रको भविष्यका साथै उनले सम्हालिरहेको गरिरहेको व्यापक आर्थिक सुधारमा प्रश्नचिन्ह खडा गरेको सिंगापुर पोस्टले जनाएको छ उनी आर्थिक मामिलाका धेरै सुधारकर्ता थिए ।
एएनआईका अनुसार विज्ञहरू विश्वास गर्छन् कि ली खछ्याङ आफ्नो प्रकारको अन्तिम प्रधानमन्त्री हुन सक्छ, जसको शासन अर्थशास्त्र(केन्द्रित दृष्टिकोण सी जिनपिङको वैचारिक स्वर जुन अधिनायकवादी चिन्तन विपरित छ।लीले गत अक्टोबरमा सत्तारुढ कम्युनिष्ट पार्टीको सर्वशक्तिमान पोलिटब्युरो स्थायी समितिबाट बाहिरिएको भएपनि उनी सेवानिवृत्तिको उमेरमा नपुगेका सिंगापुर पोस्टले जनाएको छ ।ू मानिसहरूले के गरिरहेको छन भनेर सबैले हेरिरहेको छन। ८०० वा सोभन्दा बढी उच्च सरकारी अधिकारीहरूलाई बिदाइ गर्ने क्रममा लीले यही भनेका थिए।विज्ञहरू विश्वास गर्छन् कि ली खछ्याङले सन १९७८ मा मा सुरु गरिएको ूसुधार र चीनको खुल्ला बजार नीतिको भावनालाई ूविघटन गर्नबाट सी जिनपिङलाई रोक्न सम्भव थियो, तर उनले थोरै मात्र साहस देखाए किनकी त्यो बहुमत उनलाई प्राप्त भएन सिंगापुर पोस्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?