आज भारतमा प्रार्थना सभामा बम बिस्फोट , एक जनाको मृत्यु, ३६ भन्दा बढी घाइते


कोची ( केरला)ृभारते, कातिक १३ ( एजेन्सीहरु ) आज बिहान आइतबार नौ बजे भारतको केरलाको कोचीको  एर्नाकुलम क्षेत्रमा  कालामास्सेरी क्षेत्रमा यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको धेरै विस्फोटमा एक जनाको मृत्यु हुनुको साथै अन्य ३६ घाइते भएको अस्पताल पुगेका छन भने धेरै घाइते भएका अनुमान संञ्चारमध्यमले गरिररहेका छन ।पहिलो विष्फोट बिहान करिब ९ बजे भएको र त्यसपछिको एक घण्टामा धेरै श्रखलाबद्ध बम बिष्फोट विष्फोट भएको कलामासरीका सीआई विविन दासले बताएको एएनआईले जनाएको छ । असोज २७ गतेदेखि सुरु भएको तीनदिने प्रार्थना सभा बैठकको आइतबार अन्तिम दिन थियो । अधिकारीहरुका अनुसार विस्फोट हुँदा २,००० भन्दा बढी मानिस प्रार्थना सभामा सहभागी थिए।
यो घटना आतंकवादी समूह हमासका पूर्व प्रमुख खालेद मसलले गाजामा इजरायली सैन्य आक्रमणको बीचमा प्यालेस्टाइन समर्थक प्रदर्शनलाई केरलमा सम्बोधन गरेको एक दिन पछि भएको हो। शनिबारको विरोधमा हमास नेताको सहभागितामा प्रतिक्रिया दिँदै, भारतका लागि इजरायलका राजदूत नाओर गिलोनले आफ्नो एक्स ह्यान्डलबाट पोस्ट गर्दै भनेका थिए , मशालले सहभागीहरूलाई आह्वान गर्दै सडकमा निस्कनुहोस् र आक्रोश देखाउनुहोस्, भनेको मात्र होइनन जेहादको लागि तयारी रहनुहोस र इजरायल विरुद्ध समर्थन गर्नुहोस भनेको छ त्यो मात्र होइन उसले हमासलाई आर्थिक रूपमा, सोशल मिडियामा प्यालेस्टिनी घटनालाई बढावा दिनुहोस्, भनेको छ यो लाई भारतमा आतंकवादी नया घटना बढाउने उनीहरुको योजना हो उनले भनेका थिए ।पछिल्लो समाचार अनुसार तीन बिष्फोट भएका छन र घाइते मध्ये तीनको अबस्था गभ्भीर छ । भारतको एनआईएको टोली घटनास्थल पुग्दैछन र भारतको गुप्तचर एजेन्सीहरुले पनि यो घटनालाई नजिकबाट हेरिरहेको छन । केही दिन अगाडि केरलामा हमासको पक्षमा प्रदर्शन भएपछि भारतीय जनता पाटीले त्यसो बिरोध गरेको थियो र राज्य सरकारलाई यसको बिरुद्ध सचेत रहन आग्रह गरेको थियो । भारतको केरल राज्यमा पाकिस्तानको आइएस आई र आइएस आईएसको गतिबिधि बढेको खबर मिडियामा आएको थिए र यो समाचारको अपढेट आउन बाकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?