शुक्रबार मध्यरातमा ठूलै भूकम्पको धक्का ,जाजरकोटमा ६. ४ रेक्टरको धक्का


काठमाण्डौ ( असन बजार )भर्खरै मध्यरातमा शुक्रबार राति ११ः४७ बजे काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ त्यसो त पछिल्लो समाचार अनुसार पश्चिम नेपालको कर्णाली प्रदेशका जाजरकोट केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो ६।४ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमआज तकले समाचार दिएको थियो भारतको दिल्ली समेत बिहारमा लखनउ समेतमा भूकम्पको धक्का मिलेको बताइएकोछ । अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।पश्चिम नेपालमा लगातार भूकम्पको झटका आईरहेको छ र लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्। इन्डियन र युरेसियन प्लेटको घर्षण भइरहेको छ। हामीकहाँ आउने भुइँचालोको कारण त्यही घर्षण हो। भूगर्भविदहरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ भने पाँच सय वर्षमा १० मिटर हुन्छ।
पश्चिम नेपालमा ८ म्याग्निच्युड हाराहारीको ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८।४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको तर ्त्यो गणितको हिसाबले पाँच सय वर्षदेखि ठूलो भुइँचालो नगएकाले पश्चिम नेपालको भूसतहमुनि इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन। यसले ठूलो परिमाणको भूकम्पीय शक्ति त्यहाँ जम्मा भएर बसेको समेत बताइएको छ । त्यसो त पछिल्लो समाचार अनुसार पश्चिम नेपालको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति त्यति नै ठूलो छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको पुष्टि गर्छ। एक राशिफल बिज्ञले असन बजारलाई भने राहुले आफनो स्थान बदलेको समेतले यो धक्का महसुस भएको हो तर बिज्ञानले भौगोर्भिक आन्तरिक तनाबलाई नै यो घटनाको लागि जिम्मेबार मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?