भूकम्पले जाजरकोटमा ९२ को मृत्यु रुकुम २९को मृत्यु दैलेख सल्यानमा समेत भूकम्पमा मृत्यु हुनेको संख्या धेरै बढने अनुमान


त्रिवेणी ९रुकुम पश्चिम०, १८ कात्तिक ( एजेन्सीहरु ) काठमाण्डौ गएराती आएको भूकम्पका कारण जाजरकोट र रुकुम दैलेख सल्यानमा आएको ६.४ रेक्टरको भूकम्पमा लगभग डेढसय मानिसको भृत्यु भएको अनुमान स्थानीय सबाददाताहरुले जनाएका छन सरकारले ७३ को भृत्युको औपचारिक पुष्टि गरेको छ । त्यसो त यस अगाडि ुु्राससले जनाएअनुसार आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको बताएको केही समय पछि मृत्यु हुनेको सं। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको छ । उहाँका अनुसार हालसम्म ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ । प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट¬–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । भूकम्पका कारण सानिभेरी गाउँपालिकाको वडा नं १ मा पर्ने पक्कीपुलमा क्षति भएकाले उद्धारमा भएको समस्या भए पनि अहिले सहज बनाइएको आठबीसेकोट नगरपालिकाका प्रमुख रवि केसीले बताउनुभयो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?