कैलालीमा कस्तुरीको बिनासहित एक जना पक्राउ


धनगढी । कैलालीमा संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तुरीको बिनासहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कुलदीप चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?