सुशीला अधिकारी स्मृति प्रतिष्ठानद्धारा तीन विद्यार्थीलाई नगद पुरस्कार प्रदान


गोरखा ५ पुस । सुशीला अधिकारी स्मृति प्रतिष्ठान (समिट) नेपालले गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ काफलडाँडास्थित जीवनज्योति माध्यामिक विद्यालयका विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले आज अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा र वडा नं ३ का अध्यक्ष बाबुराम अधिकारीको उपस्थितीमा जीवनज्योति माविका तीन विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सो संस्थाले कक्षा ५ मा प्रथम हुने सफल गुरुङ, कक्षा ८ मा प्रथम हुने परितोसिका दवाडी र गरिब तथा जेहन्दारको तर्फबाट कक्षा ८ मा अध्ययरत मनिषा गुरुङलाई सम्मान गरिएको हो । उनीहरुलाई नगद रु ५००० सहित प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष देवकोटा र वडाअध्यक्ष अधिकारीले प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देवकोटाले समिट नेपालले अजिरकोट गाउँपालिकामा गरेको समाजसेवाको उच्च प्रशंशा गर्दै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा गर्नुभयो ।

वडाअध्यक्ष अधिकारीले प्रतिष्ठानले शैक्षिक सुधारको क्षेत्रमा गरेको कार्य सराहनीय भएको बताउनुभयो । स्वर्गीय सुशीला अधिकारीको स्मृतिमा स्थापित समिट नेपालले केही वर्षदेखि अजिरकोट गाउँपालिकामा निरन्तर शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको प्रतिष्ठानका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?