चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न लगाउने स्कूललाई कारबाही हुने


काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

 

‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?