बालिकालाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना पक्राउ


काठमाडौं । बालबालिका यौनजन्य कार्यमा लगाएक अभियोगमा एक जना प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् ।

 

बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो ।

उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटलरगेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?