पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण


झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ ।

यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज ३३ लाख ७५ हजार ८७१ को लागतमा निर्माण भएको हो ।

संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार ४९० रुपैयाँ, शिवसताक्षी नगरपालिकाको चार लाख ३८ हजार ८६३ रुपैयाँ र जनसहभागिता ६७ हजार ५१७ रुपैयाँ रहेको नगरप्रमुख मेगाहांग थोप्राले जानकारी दिए ।

२४ मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए । ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ नगरपालिकासँगै प्रदेश र संघीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?