सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?