एनआरएनएको बैंक खाता रोक्का, सम्पत्ति शुद्धिकरण ऐन विपरित खाता खुल्ला गर्न बद्री केसीको धम्की


काठमाडौं, गैरआवासीय नेपाली संघ(एनआरएन)को बैंक खाता रोक्का भएको छ । संघले सातवटा बैंकमा खाता सञ्चालन गर्ने गरेको थियो । जसमा मुख्य कारोबार गर्ने सानिमा बैंक र माछापुच्छ्रे बैंकमा रहेको खाता रोक्का गरिएको हो ।

गत अक्टोबरमा भएको संघको निर्वाचनमा भेरो प्रणालीमा धाधली गरेर बद्री केसी समूहले विजेता भएको घोषणा गरेका थिए । जसलाई अध्यक्षका प्रत्यासीहरु राजेन्द्रकुमार शर्मा(आरके) र महेश श्रेष्ठको समुहले अस्वीकार गरेका थिए ।

उपाध्यक्षका उम्मेदवार केशव पौडेलको काठमाडौंमा झरेको मतमा शुन्य मत देखिएको र भेरो प्रणालीमा भएको निर्वाचनमा गम्भिर समस्या देखिएपछि १५ दिनको अध्ययन गरेर त्यस आधारमा अगाडि बढ्ने सहमति भएको थियो । तर,सहमतिलाई बद्री केसी पक्षले एकलौटी ढंगले अस्वीकार गर्दै सहमति विपरित निर्वाचन समितीका सदस्य टिबि कार्कीमार्फत सपथ लिएपछि संस्थामा तिब्र विवाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?