काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एका कार्यक्रमका बीच बैंकका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि ग्लोबल आईएमई बैंकका १३३ वटै शाखामार्फत रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।