संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौँ, १ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा बुधबारप्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गरेका छन् ।

बुधबार राती प्रधानमन्त्रीको बोलाउनुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गरेका हुन् । बैठकमा संशोधनको पक्ष र विपक्षमा दलले आआफ्नो धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्रीले बाढीपीडितको राहत तथा उद्धारमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै त्यसमा सबै दलको समन्वय आवश्यक रहेको बताएका थिए ।

बुधबारको बैठक संविधान संशोधन, बाढीपीडितको उद्धार तथा राहत र केन्द्र तथा प्रदेशको निर्वाचन एकै चरणमा गर्ने विषयमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनको आवश्यकता अहिले नरहेको धारणा आफ्नो पार्टीले बैठकमा राखेको बताए ।

बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधनपछि निर्वाचनमा भाग लिने वातावरण बन्ने भन्दै छिटो पारित गर्न माग राखेको थियो । बैठकपछि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा संशोधन प्रस्तावमा सकारात्मक परिणाम आउने अपेक्षा राखेको बताए ।
उनले भने, “हामी निर्वाचन विरोधी होइनौँ, निर्वाचनमा जाने वातावरण बनाए हामी स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?