भारतलाई १९ रनले हराउदैं्र नेपालको ऐतिहासिक जित


मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो।

नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८।८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो।

भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले सर्वाधिक ४६ रन जोडे। ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। आदित्य ठाक्रेले १३ रन बनाए भने मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भए।

अनुज रावलले १८ रन जोडे भने तनुस कोइटेन शून्य रनमा आउट भए। अभिशेक शर्माले २७ रन बनाउँदा मन्दीप सिंह शून्यमा आउट भए।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।

यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?