शीतलहरका कारण जनजीवन कष्टकर


खजुरा, बाँके: बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ ।
शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ ।
न्यानोका लागि ग्रामीण क्षेत्रका नागरिक दिनभर आगो बालेर ताप्ने गरेको डुडुवा गाउँपालिका–४ का जान अली नाउ बताउनुहुन्छ । चिसो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको अस्पतालले जनाएका छन् ।
बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेका छन् । अहिले बिहान भने भिजिवीलिटी खुलेर पहाडी जिल्लाका लागि एउटा उडान भएको छ ।
नागरिक उड्डयन कार्यालयले अहिले मौसम खुले पनि एकैछिन पछि ढाक्न सक्ने भन्दै काठमाडौँ र पहाडी जिल्लाको उडान प्रभावित हुनसक्ने बताएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?