बिराटनगरमा कैलाश बैकको ४४ शाखा


काठमाडौं : कैलाश विकास बंैक लिमिटेडले विराटनगरमा शाखा विस्तार गरेको छ । यो बैकको ४४ औँ शाखा हो । सोमबार देखि कारोवार शुभारम्भ गरेको यो शाखा सहित बैैकको एटिएम संख्या २२ पुगेको छ ।
बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
राष्ट्रिय स्तरका विकास बैंकमा सबै भन्दा जेठो यस्को चुक्ता पूँजी २ अर्व ५२ करोड रहेको छ । पुस मसान्त सम्ममा १९ अर्व ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । संस्थाले विकास बैंकहरु माझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो । वित्तीय कारोवारको २५ वर्ष पार गरिसकेको यो बैंकले आप्mना ग्राहकलाई वित्तीय पहुँच नपुगेका ग्रमिण क्षेत्रमा आप्mना शाखा संजाल विस्तार गरेर आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने र सधै अग्रणि विकास बैंक रहि रहने रणनिती राखेको बैंकका प्रमुख कार्याकारी अधिकृत श्रेष्ठले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?