पाल्पाको तिनाउमा लक्ष्मी बैंक शाखा विस्तार


काठमाडौं : लक्ष्मी बैंकले शाखा सन्जाल विस्तार गर्ने क्रममा पाल्पाका तिनाउ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो जिल्लामै बैकको दोश्रो शाखा हो ।
अब लक्ष्मी बैंकको शाखा सञ्जाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् र ४०० भन्दा बढि मोबाईल एजेन्ट पुगेका छन् । यी शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।
शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अनुसार इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत विभिन्न बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आ.व. २०७३÷७४मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद नाफा आर्जन गर्न सफलभएको छ, जुनअघिल्लो वर्षको सोहीअवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै आगामीदनहरुमा पनि बैंकका उपलब्धिहरु उत्साहजनक रुपमा रहने बैंकको भनाई छ ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिकतथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्ति गत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी सानाव्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका सानातथा लघु उद्यमीएवं कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथावित्तीयव्यवस्थापनकार्यमा ठूलो सहयोग पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?