सेञ्चुरी बैंक र गुरांस लाइफ इन्स्योरेन्स बिच बैकासुरेन्स सम्झौता


काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक र गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।
उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र गुरांस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?