कुमारी बैंकमा फिनाकल सफ्टवेयरको प्रयोग


काठमाडौं : कुमारी बैंकले हाल सञ्चालनमा रहेको कोर बैंकिङ सिस्टमलाई परिवर्तन गरी अत्याधुनिक सफ्टवेयर फिनाकल प्रयोगमा ल्याएको छ । फिनाकल प्रविधिको पछिल्लो संस्करणको प्रयोग गर्ने पहिलो नेपाली बैंक कुमारी बैंक भएको दाबी गरेको छ ।
अत्याधुनिक बंैकिङ सेवा पु¥याउने उद्देश्यका साथ कुमारीले नयाँ कोर बैंकिङ सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इनफोसेस इन्डियासँग फिनाकल–१०.२.१९ कोर बैंकिङ अत्याधुनिक पछिल्लो संस्करणको सफ्टवेयर खरिद गर्ने सम्झौता गरेको थियो । ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा सुरक्षित सेवा दिने उद्देश्यले नयाँ प्रविधि भिœयाएको बंैकले जनाएको छ ।
बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भिœयाउन कुमारीले अग्रणी भूमिका निर्वाह गरेको स्मरण गराउँदै यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङको सुरुवात गरेको थियो ।
बैंकले पाँचमहिने अवधिमा फिनाकल प्रविधिको पछिल्लो सस्करण अत्याधुनिक बैंकिङ सफ्टवेयर फिनाकललाई प्रयोगमा ल्याउन सफल भएको दाबी गरेको छ ।
फिनाकल प्रविधि संसारभरि चलनचल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयरमध्ये एक हो । हाल फिनाकल सफ्टवेयर विश्वका ४५ वटा देशहरूमा प्रयोग भइरहेको छ । नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेयरको प्रयोग सन् १९९६ देखि हुँदै आएको छ । हाल नेपालमा ११ वटा बैंकहरूले यो सफ्टवेयरको प्रयोग गरेका छन् । बैंकले ७४ शाखा तथा दुईवटा एक्सटेन्सन काउन्टरसहित ५७ एटीमबाट गा्रहकहरूलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?