चावहिलमा मुक्तिनाथ विकास बैंकको शाखा विस्तार


काठमाडांै : मुक्तिनाथ विकास बैंकले चावहिलमा शाखा विस्तार गरेको छ । यो बैंकको नवौं शाखा हो । सो शाखाको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले उदघाट्न गरेका हुन् ।
उदघाटन कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखे । सोही सन्दर्भमा बैंकको आधुनिक बैंकिङ तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिइने बताए ।
कार्यक्रममा काठमाडांै महानगरपालिका वडा ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोलले अनुशासित वित्तीय सेवा प्रदान गर्न सुझाव दिए । ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरले मानवको स्वास्थ्यसँगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीसँग बैंकको पनि सहकार्य आवश्यक रहेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गरे ।
पूर्वगभर्नर थापाले बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा बैंक गतिशील र विश्वासिलो संस्थाको रूपमा रहेको बताए । बैंक सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले धन्यवाद दिंदै वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्र मापन गर्न सकिने र बैंकको स्थापना कालदेखि हालसम्ममा वृद्धि भएको ग्राहक संख्याले मुक्तिनाथ विकास बैंकको सेवाप्रति ग्राहकहरू सन्तुष्ट छन् भन्ने कुरा मान्न सकिनेमा जोड दिए ।
बैंकको हाल ७४ वटा शाखा संचालनमा छन् भने काठमाडांै उपत्यकामा महाराजगन्ज, कमलादी, सीतापाइला, कुलेश्वर, लगनखेल, न्युरोड, नयाँ बानेश्वर र भक्तपुरको कमलविनायकमा शाखाहरू सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?