बर्दियाको गुलेरियामा एचएच बजाजको सोरुम


काठमाडौं : बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बर्दियाको गुलेरियामा बर्दिया अटो इन्टरनेस्नल नामक नयाँ सोरुम विस्तार गरेको छ ।
एचएच बजाजले ग्राहकका लागि खरिद गरेको सामग्रीको अधिकतम मूल्य भुक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको दाबी गरेको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा गरिएको छ ।
नयाँ सोरुम शुभारम्भ भएको अवसरमा, हंसराज हुलासचन्द कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले बर्दियाको गुलेरियामा नयाँ सोरुम सञ्चालन भएको घोषणा गर्दा खुसी लागेको बताए । ग्राहकको बढ्दो मागका कारण बर्दियामा नयाँ सोरुम स्थापना गर्न उत्साहित बनाएको उनले बताए । नयाँ सोरुमको शुभारम्भसँगै, सोरुमले ग्राहकका लागि आकर्षक पुरस्कार पनि प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?