जगदम्बा स्टिलद्धारा प्रमाणपत्र वितरण


काठमाडांै: शंकर गु्रपअन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स कम्पनीले कम्पनीको समाजिक उत्तरदायित्वअन्तर्गत तेस्रोपटक इन्जिनियररिङ अध्ययन संस्थानका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेको छ ।
कार्यक्रममा शंकरलाल अग्रवाल गोल्ड मेडलसहित ५१ हजारको चेक सञ्जिला वस्तीलाई प्रदान गरिएको थियो । उनले इन्जिनियरिङ अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त २०७४ मा क्यापस टप गरेकी थिइन् । उक्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेती रहेका थिए भने क्यापस प्रमुख ईश्वरराज बानिया र विशेष अतिथि शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको पनि समुपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?