सेन्चुरी बैकको सिइओमा गौतम


काठमाडौं : सेन्चुरी बैकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा १९ बैशाख देखी लागु हुने गरी तुलसीराम गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गौतमले नेपाल बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी सोही बैकमा १३ वर्ष, नेपालइण्डो सुइज बैंकमा ७ वर्ष, नेपाल एस्.बी.आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्ष काम गरीसकेका छन ।
त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका गौतमको अनुभवबाट बैंकले विशिष्ट पहिचान बनाउनुका साथै थप प्रगति गर्ने अपेक्षा गरिएको छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर सहित १० वटा शाखारहित बैंकिङ्ग सहित १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
गौतमको अनुभव तथा नेतृत्वमा सेञ्चुरीले बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउने अपेक्षा पनि बैकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?