हेटौडामा महिन्द्राको अत्याधुनिक वर्कसप


काठमाडौं : महिन्द्राले हेटौडामा सुबिधा सम्पन्न वर्कसप सेवा सुरु गरेको छ ।
नेपालमा गुणस्तरीय सेवा सुबिधाका साथमहिन्द्रा एण्ड महिन्द्राकम्पनीले एउटा नमुना वर्कसप निर्माण गरेको जिकिर गरेको छ ।
दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्ष भन्दा बढीको बिश्वासीलो साथ र सहकार्यमा अगाडी बडेको महिन्दा्रको उक्त वर्कसपको उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा ) , विवेक दुगड़ (प्रवन्धनिर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रा) ले संयुक्त रुपमा गरेका हुन ।
गा्रहाकलाइ थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत नै सो वर्कसपको निर्माण गरीएको हो । उक्त वर्कसप ६ हजार ८०० बर्ग फिट क्षेत्रफलमा फैलीएको छ । वर्कसपमा सात वटा सर्वीस वे सहीत ६०० बर्ग फीट क्षेत्रफल पार्कीङ्गका लागी, ३ हजार
५० बर्ग फीट गाडीहरु वासीङ्गका लागी, अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्नका लागी कम्पनीले ग्राहाकको सन्तुष्टीमा ध्यानदिएको दाबी गरेको छ ।
आधुनीक मर्मत कार्यलाइ प्राथमिकता दिदै यस वर्कसपमा ग्राहाकका लागी ठुलो लाउन्ज, ड्राइभर रीटाइरीङ्ग लाउन्ज र लकरको पनि ब्यबस्था छ ।
२० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर र थपअझ अरु महिन्द्रका सेवा सुविधाका संरचना निर्माणका लागी लागीपरेको र यसै बर्ष थप अरु योजना ल्याउने कम्पनीले जनाएको छ ।
आइएमई र मुथुत फाइनान्स बीच रेमिटेन्स सेवा
काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारत स्थित मुथुत फाइनान्सले भारत–नेपाल रेमिटेन्स सेवा शुरु गरेका छन् । यो सेवाको प्रारम्भ सँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखा बाट नेपालमा पैसा पठाउन सक्नेछन् ।
यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेट बाट सम्बन्धित व्यक्ति द्वारा भुक्तानी लिन सकिने छ । नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने बिज्ञप्तिमा उल्लेख छ ।
भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारत स्थित मुथुत फाइनान्सका तर्फ बाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर.बिजिमोन र नेपाल स्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका प्रनिनिधि सहभागी थिए ।
आइएमई र मथुतबीचको सहकार्यले इण्डो–नेपाल रेमिटेन्स सेवालाई थप विविधिकृत बनाउन मदत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?