जनताको ७ स्थानबाट बंैकिङ कारोबार


काठमाडांै । जनता बैंक नेपाल लिमिटेडले कारोबार विस्तारको क्रममा २ शाखा र ५ शाखारहित बैंकिङ सेवाबाट कारोबार सुरु गरेको छ । बैंकले चैतयता बाराको सिमरौनगढ शाखा र पोखराको बूढीबजार शाखाबाट कारोबार सुरु गरेको हो । बैंकले कैलालीको गौरीगंगा नगरपालिका–६, बनवेहडा, जानकी नगरपालिका–१, दुर्गौली र गोदावरी नगरपालिका–८, स्याउले बजार तथा दाङको राप्ती गाउँपालिका–४, मौरीघाट र लमही नगरपालिका–३, फलकापुर गरी पाँच स्थानबाट शाखारहित बैंकिङ सेवासमेत सुरु गरेको छ ।
योसँगै बैंकले देशभरि ९८ शाखा सञ्जाल, ३१ शाखारहित बैंकिङ, ३ सीमित बैंकिङ इकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?