टाटा नेक्सनका बिजेता छनोट


काठमाडौः टाटा मोटर्स् नेपालले‘टाटा नेक्सन कन्टेस्ट’ को विजेता चयन गरेको छ । फेसबुक अभियानमार्फत ५ जना विजेताले १ तोला सुन हासिल गरेका छन । फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाईक गरी सहभागीभएका प्रतियोगी मध्ये ५ जना भाग्यशालीविजेता सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधा कृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुबोध विजयी भएका छन ।
उक्त ईभेन्टलाई संबोधनगर्दै टाटा मोटर्स्का जेनेरल म्यानेजर प्रविन खतिवडाले सहभागी प्रतियोगीलाई धन्यबाद ज्ञापन गरे । उनले क्याम्पेनको आइडिया सिप्रदीमार्केटिङ्ग टीमले सिर्जना गरेको र यस प्रकारको क्याम्पेन नेपालमै पहिलो पटक आयोजनाभएको बताए ।
विशेष गरी प्रयोगकर्ताहरुलाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्चगरिएको हो । पछिल्लो २ महिनामा, ६१८ जना सहभागीहरुले आफ्नो बीचको नाम परिवर्तन गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?