पोखरा फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौः पोखरा फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आफ्नो २१ औं वार्षिकोत्सव साताव्यापी मनाउने क्रममा उक्त वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
माछापुच्छे« गाउँपालिकाको लाहाचोकमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
चुक्ता पूँजी ६५ दशमलव ५७ करोड रहेको यस वित्तीय संस्थाले जारी गरेको हकप्रद शेयर बाँडफाँड गरि अवितरित हकप्रद शेयरको लिलाम बिक्रीका लागि चैत्र १८ देखि चैत्र २५ सम्म आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।
उक्त लिलाम बिक्री वितरण तथा आ.व. २०७३/७४ को प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात् संस्थाको चुक्ता पूँजी ८१ करोड ६४ लाख कायम हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?