माछापुछ«े बैंकद्वारा खाद्य सामग्री वितरण


काठमाडौं : माछापुच्छे« बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा निङलासैनी गुरुकुल संस्कृत विद्यापीठका विद्यार्थीलाई पोसाक तथा खाद्य सामग्री वितरण गरेको छ ।
बैंकले १४ चैतमा एक कार्यक्रमबीच निङला विद्यापीठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोसाक वितरण गरेको हो । निङलासैनी गुरुकुल संस्कृत विद्यापीठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीलाई बैंकले कुर्ता, धोती र टि–सर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरू, चारवटा एक्स्टेन्सन काउन्टरलगायत १४ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ८० स्थानबाट ग्राहक समक्ष बंैकिग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरू सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?