पुनेस्थित प्लान्टमा जेसीबीका ग्राहकद्वारा अबलोकन


काठमाडौं: नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण गराएको छ ।
भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्वील्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए । पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो । त्यहाँ ४ सयभन्दा बढी इन्जिनियरले काम गरिरहेका छन् । वातावरणमैत्री यो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरूको पनि उत्पादन गरिन्छ । उत्पादित मेसिन भारतमा मात्र नभई अन्य ६५ मुलुकमा बिक्री वितरण हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टसको एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ भन्ने निरीक्षण गरेका थिए । भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्टको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताए । उनले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देश विकासमा सहभागी हुन पाउनुमा गौरव महसुस गरेको पनि बताए ।
‘प्लान्टको प्रविधि देखेर नेपालमा प्रयोग गरेका जेसीबी मेसिनमाथि झन् विश्वास बढेको, अब अरूलाई पनि जेसीबीकै मेसिन प्रयोग गर्न म सुझाव दिन्छु ’ जेसीबी २२० एलसी एक्स्ट्रा प्रयोग गर्ने सुदनराज जोशीले बताए । जेसीबी संसारकै ‘टप थ्री’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आबद्ध छन् । जेसीबीका मेसिन २ हजार डिलरमार्फत १५० देशमा बिक्रीवितरण हुने गर्छ । हाल जेसीबीले ३ सयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
एमएडब्लू अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । बिक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?