वृज सिमेन्ट, मिरा हिमालय र पुष्पतारा केडिया सम्झौता


काठमाडौंः वृज सिमेन्ट इण्डष्ट्रि«ज प्रालि, मिरा हिमालय र पुष्पतारा केडिया बिच सम्झौता भएको छ । केडिया अर्गनाइजेशनको संयुक्त प्रयासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको विकट हिमाली जिल्लाका क्षेत्रमा निशुल्क औषधी , प्राथमिक उपचार, शुलभ शिक्षा प्रदानका लागि बिगत ३ बर्षदेखि कार्यरत मिरा हिमालय संस्थासँग ३ बर्षको लागि सेवाहरुमा सहयोगको लागि सम्झौता भएको हो ।
सम्झौताले परियोजनाका लागि त्यस क्षेत्रका जनतालाई आवश्यक पर्ने भौतिक संरचना निर्माण, प्राथमिक उपचार तथा औषधी बितरणमा सहयोगको एक कोषेढुङ्गा सावित हुने कम्पनीको अपेक्षा गरिएको छ । यद्धपि यो धेरै ठुलो सहयोग नभएतापनि यसले जनतालाई केही राहत हुनेमा कम्पनी बिश्वस्त रहेको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनबाट ५ लाख बराबरको सहयोग गरिने उल्लेख छ । जुन सहयोग आगामी ३ बर्षसम्मको लागि निरन्तर रहने पनि बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?