चिनिया लगानीमा सिद्घकाली पावर निर्माण


काठमाडौंः सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबद्र्वन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ ।
चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित डोङफ्याङ इलेक्ट्रिक कर्पोरेशन र सिद्घकाली पावर लिमिटेड कम्पनी बीच बिहीबार लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । नुवाकोट र धादिङ जिल्ला बीच निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साउनबाट सुरु भई ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१५ अर्व ५० करोड लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले ९ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाकी रकम नेपाली लगानीकर्ता मार्फत संकलन गरी परियोजना निर्माण सम्पन्न गर्ने छ । डोङफेङ टरवाईन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनी मध्येको एक कम्पनी हो । यस परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेलवे ब्युरो २ ले गथर्ने छ ।
त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएतापनि वर्षातको समयमा पर्याप्त पानी हुने हुदा यस परियोजनाले ८२ दशमलव ५ मेगावाट सम्म विद्युत उत्पादन गर्न सक्नेछ ।
यो परियोजनाको लागि त्रिशूली नदीमा बाँध बनाइने भएकोले उक्त नदीमा तलाउ निर्माण गर्न सकिने , परियोजनाको विद्युत गृह राजधानीबाट नजिक भएकोले उक्त स्थलमा जलक्रिडा स्थल, भनभोज साथै धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
चिनियाँ कम्पनीले गरेको लगानी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ वर्ष भित्र फिर्ता गरि सक्नु पर्नेछ । उत्तः कार्य लक्ष्मी बैक लिमिटडको अगुवाईमा सम्पन्न हुने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?