टाटा नेक्सको प्रतियोगिता


काठमाडौंः टाटा मोटर्स्ले नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा अन्तर कलेज मार्केटिङ्ग प्रतियोगिता गर्ने भएको छ ।
नेपालका विभिन्न कलेजका एमबिए विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत प्रतियोगीले टाटा नेक्सनका लागि टेलिभिजन विज्ञापन बनाउनु पर्ने थियो । उक्त प्रतियोगिताका विजेताका लागि पुरस्कारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदी टे«डिका सिईओ राजनबाबु श्रेष्ठका अनुसार सिप्रदीले यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गरेको हो । यस प्रतियोगिता मार्फत आएका बिचार र इन्नोभेसन देखेर आगामी दिनमा पनि यूवा र गतिशील दिमाग सँग साझेदारी गरी प्रतियोगिता गर्ने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?