सन्राइज बैंकको भाईबर सेवा


काठमाडौंः सन्राइज बैंक लिमिटेडले भाईबर बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको वारेमा जानकारी लिन सक्नेछन । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गराउनु पर्छ ।
भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएम सम्बन्धी जानकारी लिन सकिने पनि बैकले जनाएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा ए.टि.म मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?