टाटा मोटर्स र सिप्रदी ट्रेडिङको ‘वाकाथन’


काठमाडौः टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले वाकाथन कार्यक्रम गरेका छन । टाटा र यसको नेपाल स्थित आधिकारीक बिक्रेतासिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा आयोजित वाकाथन को प्रमुख उद्देश्य नेपाली शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउनु रहेको छ ।
कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर १ हजार रुपैयाका दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग प्रदान गर्नेछ । करिब पाँच सय जनाको सहभागिता भएको वाकाथन थापाथली बाट सुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघर हुँदै पुन थापाथली स्थित टाटाको शोरूममा टुंगिएको थियो ।
कार्यक्रममा टाटा मोटर्स नेपालको लागि कन्ट्रि म्यानेजर अजितनारायण सिंहले आफुहरूले यस बर्षपनि नेपालको शिक्षाजगतको विकास र विस्तारको लागि केहि नयाँप्रयास गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमले शिक्षा सम्बन्धि चेतनाको विकासको लागि ठूलो भूमिका खेल्ने र अरुलाई पनि यस्तै कार्य गर्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।
सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ सम्शेर राणाले सिप्रदीले सधैं सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पुरा गर्न कटिबद्ध रहेको बताए । त्यसैगरी उनले सबै सहभागीलाई कार्यक्रम सफलपार्न सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?