एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना


काठमाडौः एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयामा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्ने पनि एनसेलले जनाएको छ ।
यो अफर सोमबार देखि लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् ।
आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो ।परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् ।
पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० रुपैया वा सो भन्दा बढीको रिचार्ज गरे पछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कल गर्दा प्रति मिनेट कर बाहेक ९९ पैसा शुल्क लाग्नेछ ।
एक वर्षसम्म ५० रुपैया वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहनेछ ।
विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डेटा प्याक अन्तर्गत कर सहित मात्र २० मा ३०० एमबि डेटाको मजा लिन सक्नेछन् । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रति एमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने कर सहित २० रुपैयामा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहने पनि एनसेलले जनाएको छ ।
एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?