हुन्डाई फेसटिभ डिलाइट अफरका बिजेता चयन


काठमाडौंः हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेता छनोट गरेको छ ।
‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० जितेका छन् । साथै कन्काई आयल सपलायर्सले हुन्डाई एक्सेनट भेहिकल जितेका छन् । उनीहरुले अफरको बम्पर ड्र अन्तर्गत उक्त हुन्डाईका भेहिकल प्राप्त गर्न सफल भएका हुन् ।
अफरमा हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटको व्यवस्था गरिएको थियो ।
त्यस्तै लक्कि ड्र मार्फत सय जना भाग्यमानी विजेतालाई १०÷१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्कि ड्रबाट २ जनालाई हुन्डाई एलाईट आई १० र हुन्डाई एक्सेनट जित्ने अवसर उपलब्ध गराइएको थियो । उक्त अफर अन्तर्गत सय जना भाग्याशाली विजेताको लक्की ड्र आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो ।
अफरका सय जना भाग्याशाली विजेताको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समेत समावेश गरिएको कम्पनीको जनाएको छ । दुबई भ्रमणको १० जना भाग्यशाली जोडीको समेत छनोट लक्की ड्रमार्फत गरिएको थियो । सुजा बास्तोला, महेस राजकर्णिकार, कृष्ण राज पोखरेल लगायत रहेका छन् । सो योजना ८ भदौदेखि १० कात्तिकसम्म लागू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?