शिखर इन्स्योरेन्स र एभरेष्ट बैंक सम्झौता


काठमाडौः शिखर इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंकबिच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । दुई कम्पनिबीच बैंकास्योरेन्स सम्झौता भएको हो । यो सम्झौतासंगै शिखर इन्स्योरेन्स र एभरेष्ट बैंकका सबै कार्यालयहरुबाट शिखर इन्स्योरेन्सको निर्जिबन बीमा सेवाहरू प्रदान गरिने कम्पनिले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताले बैंकले मुलुकभरका ८० भन्दा बढी शाखा मार्फत ग्राहकहरुले सरल रुपमा बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानीको साथमा सम्पूर्ण प्रकारको निर्जिबन बीमा सेवा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरू मध्ये एभरेष्ट बैंक सबैभन्दा कम खराब कर्जा भएको बैंकको रुपमा रहेको पनि बिज्ञप्तिमा भनिएको छ ।
निर्जिबन बीमा कम्पनी मध्ये अधिकतम चुक्ता पुजी १०५ करोड ७३ लाख रहेको शिखर इन्स्योरेन्सले १५५ बजार हिस्सा ओगटेको छ । चालु आवको दोस्रो त्रैमासिक अवधीसम्म शिखर इन्स्योरेन्सले ५१ करोडको दाबी भुक्तानी गरेको छ बीमाशुल्क संकलन, दाबी भुक्तानी तथा शाखा विस्तारमा शिखर इन्स्योरेन्स अग्रिणी स्थानमा रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?