प्राइमलाइफ र नेपाल इन्स्योरेन्स बीच सम्झौता


काठमाडौंः प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी बिच घातक रोग सम्बन्धी जोखिमवहन सम्झौता गरेको छ ।
उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोज कुमार भट्टराई र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पछि प्राइमलाइफले जारी गर्ने विभिन्न जीवनबीमा योजनामा विभिन्न घातक रोगको जोखिम वहन गर्ने गरी प्राइमलाइफका राज्यभर रहेका कार्यालय मार्फत बीमितहरुलाई स्तरीय सेवा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।
प्राइमलाइफको एघारौं वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्कासन पछि चुक्ता पूंजीमा वोनश शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अरव ७८ करोड ४८ लाख ३५ हजार कायम हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?