भैरहवामा पोखरा फाइनान्स


काठमाडौः पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा उदघाटन गरेको छ । शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको हेतुले खोलिएको यस शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
उक्त कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, पूर्णिमा विकास बैंकका कार्यकारी प्रमुख प्रकाश गुरुङले शुभकामना मन्तव्य दिएका थिए । साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं फाइनान्सका अध्यक्ष भुवनसिं गुरुङले बताए ।
जारी पूँजी ७५ दशमलव ४१ करोड रहेको यस वित्तीय संस्थाको हाल सम्म निक्षेप ४ अर्व २३ लाख तथा कर्जा लगानी ३ अर्व ८६ करोड एवं जगेडा कोषमा ४१ करोड ७४ लाख रहेको छ । उक्त भैरहवा शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि–आश्वा लगायतका सेवा दिनुका साथै आ.व. २०७३÷७४ को नाफा वितरणबाट बैंकद्वारा तोकिएको चुक्ता पूँजी ८० करोड पु¥याउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?