कुमारी बैंकको रक्तदान


काठमाडौ: कुमारी बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको अबसरमा बैकको बिराटनगर शाखाले रक्तदान कार्यक्रम आयोजना ग¥र्यो ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी एवंम् ग्राहकको योगदान रहेको थियो । सोही अवसरमा बैंकले साता व्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखा मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वसनिय र सबल बैंकको रुपमा प्रस्तुत हुने प्रण गर्दछ । हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ए.टी.एम् द्वारा आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?